२०७९ चैत २९ गते १७:४४ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्य समिति चयनका लागि मतदान सम्पन्न भएको छ । बुधबार १० बजेबाट सुरु भएको मतदानमा ४ बजे नसकिएपछि दुई घण्टाका लागि थप गरिएको थियो । २ घण्टा थप भएको समयमा निर्वाचन सकिएको छ ।
महासंघको वस्तुगत र जिल्ला नगर संघतर्फको मतदान तोकिएको समय अगावै सम्पन्न भएपनि एसोशिएटका लागि भने ६ बजेसम्मका लागि समय तोकिएको छ । विगतका वर्षहरुमा दुइटा समूहबीच प्रतिस्पर्धा हुने गरेको भएपनि यस पटक भने तीन वटा प्यानलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।
महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी मैदानमा छन् । महासंघको तीन वटा समूहको वस्तुगत र जिल्लानगरमा तीन/तीन जना उपाध्यक्षहरु प्रतिस्पर्धामा भएपनि एशोसिएट तर्फको उपाध्यक्षमा भने दुई जना प्रतिस्पर्धामा छन् ।
एशोसिएट उपाध्यक्ष पदका लागि जोत्सना श्रेष्ठ र भरत राज आचार्यबीच प्रतिस्पर्धा हुनेछ । आचार्य उमेश र अञ्जनका साझा उम्मेदवार हुन् भने ज्योत्सना संघई समूहबाट चुनावी मैदानमा छिन् । यी दुई उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएपनि एसोशिएटतर्फको सदस्यमा भने १३ जनाको जित सुुनिश्चित जस्तै देखिन्छ ।
एसोसिएटतर्फको १९ सदस्य पदका लागि २९ जनाले उम्मेदवारी दिएका छन् । एशोसिएट सदस्यमा अम्बिका पौडेल, अविनाश बोहरा, आनन्द कुमार अग्रवाल (बगडिया), उज्वल कुमार श्रेष्ठ, ऋषी अग्रवाल (चैनवाला), कृष्णलाल महर्जन, गोपाल खनाल, चन्द्र प्रसाद ढकाल, चिराग गोयल, जुना माथेमा, डा. रामशरण थपलिया, देशबन्धु बस्नेत र निराजन बहादुर चलाउनेले उम्मेदवारी दिएका छन् ।
यस्तै, प्रवलजंग पाण्डे, बाबुकाजी कार्की, भरत रानाभाट, मनोज पौडेल, मुकुन्द प्रसाद तिमिल्सिना, रतनलाल केडिया, राज्यलक्ष्मी महर्जन शाक्य,राजेश कुमार अग्रवाल, रामशरण भण्डारी, शक्ति कुमार बेगानी, शुसिल थापा, शैलेन्द्र गुरागाईं, सन्दीप कुमार अग्रवाल, शुनिल नारायण श्रेष्ठ, हरिप्रसाद पाठक र हेमन्त गोल्छाले पनि एसोशिएट सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
एसोसिएटतर्फको १९ पदका लागि २९ जनाले उम्मेदवारी दिए पनि १३ जनाको जित भने सुनिश्चित भएको धेरैले अनुमान गरेका छन् । २९ जनामध्ये १३ जनाको नाम सबै प्यानलमा छन् । तीनवटै समूह आ–आफ्नो प्यानल अगाडि सारेर सदस्यहरु पनि छुट्याएका छन् । १३ जना उम्मेदवारको नाम तीनवटै समूहमा छ । त्यसैले पनि उनीहरुको जित सुनिश्चित जस्तै भएको हो ।
जित सुनिश्चत हुनेमा अम्बिका पौडेल, आनन्द कुमार अग्रवाल, गोपाल खनाल, डा. रामशरण थपलिया, मनोज पौडेल, शुसिल थापा, शैलेन्द्र गुरागाईं, शुनिल नारायण श्रेष्ठ, हेमन्त गोल्छा, अविनाश बोहरा, देशबन्धु बस्नेत, पवलजंग पाण्डे र राजेश कुमार अग्रवाल देखिएका छन् ।
यस्तै, १३ जनाको जित सुनिश्चित हुँदा ६ जना बाँकी रहन्छन् । त्यसमा पनि ६ जनाको नाम दुइटै प्यानलमा देखिन्छ । दुइटै प्यानलमा पर्नेहरुमा जुना माथेमा, भरत राना भाट, बाबुकाजी कार्की, उज्वल कुमार श्रेष्ठ, कृष्णलाल महर्जन र रामशरण भण्डारी छन् । यी ६ जनाले पनि जित्ने सम्भावना बढी देखिन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.