२०७९ चैत २९ गते २०:५६ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व चयनका लागि आज भएको निर्वाचनको मतगणना सुरु भएको छ । ७ बजे बसेको सर्व पक्षीय बैठकपछि अहिले मत गणना सुरु भएको हो ।
पहिलो चरणमा वस्तुगत संघ र जिल्ला नगरको मत गणना सुरु भएको हो । बुधबार १० बजेबाट सुरु भएको मतदान ६ बजे सम्पन्न भएको थियो । निर्वाचन समितिका अनुसार महासंघको वस्तुगत तर्फको १२३ वटा मतदाता रहेकोमा सबै मत खसेको थियो भने जिल्लारनगरतर्फ ११७ मतदाता रहेकोमा सम्पूर्ण मत खसेको थियो ।
यस्तै, एशोसिएट तर्फ भने १ हजार १३२ मत खसेको थियो । एशोसिएटतर्फ १ हजार ७४८ मतदाता छन् ।
महासंघका वरिष्ठ उपाध्यक्षका लागि चन्द्र प्रसाद ढकाल स्वतः अध्यक्ष बन्दैछन् भने वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघईबीच प्रतिस्पर्धा हुँदैछ । यस पटक तीनै जनाबीच कडा प्रतिस्पर्धा हुन सक्ने धेरैको अनुमान छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.