वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी, उमेशलाल समूहलाई सफलता

  २०७९ चैत २९ गते २३:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासं वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई हराउँदै विजयी भएका हुन् ।

उनी ६१ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रधानले ५२ र हिराचनले ७ मत पाएका छन् ।

उनले वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको समूहबाट वस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.