विराटनगर तनावग्रस्त, प्रहरीबाट अश्रुग्याँस प्रहार

  २०८० जेठ १४ गते १४:०१     विकासन्युज

काठमाडौं । कोसी प्रदेशको राजधानी विराटनगर विराटनगर तनावग्रस्त भएको छ ।

प्रदेशको नाम कोसी खारेज हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधरको प्रदर्शनका कारण विराटनगर तनावग्रस्त भएको हो ।

आन्दोलनरत पहिचान पक्षधरहरू घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएपछि प्रहरीले भीड नियन्त्रण गर्न दर्जनौं अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शनमा केही प्रहरीहरु घाइते भएका छन् र स्थिती नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.