२०८० जेठ २१ गते १६:१४ विकासन्युज
काठमाडौं । औद्योगिक क्रान्तिपछिको करिब २५० वर्षमा विश्वको जनसंख्यासँगै समृद्धि पनि निकै बढेको थियो । तर अहिले अवस्था द्रुत गतिमा परिवर्तन हुँदैछ । यो शताब्दीको अन्त्य हुनु अघि पहिलो पटक पृथ्वीमा मानिसहरूको संख्या घट्न सक्छ । यो मृत्युदर बढेको कारणले होइन, जन्मदर घट्ने कारणले हुने हो ।
२०१० मा, ९८ देशहरूमा प्रजनन दर २.१ भन्दा कम थियो । २०२१ मा यो संख्या बढेर १२४ पुगेको थियो । यो २०३० मा १३६ हुने अनुमान गरिएको छ । प्रजनन क्षमतामा हुने परिवर्तनको असरबारे अध्ययन गर्ने अर्थशास्त्री म्याथियास डोएपके भन्छन् कि जन्मदरमा आएको गिरावट धनी देश वा देशका धनी परिवारहरूमा मात्र सीमित छैन । चीन, भारत, ब्राजिल, मेक्सिकोलगायत १५ ठूला अर्थतन्त्रमा जन्मदर २.१ भन्दा कम छ ।
सन् २०२१ मा प्रतिस्थापन दरको तुलनामा जन्मदर कम जन्मदर भएका मलुकहरुमा २१ देखि ३० वर्षको उमेरका ७८ करोड २० लाख थिए । सन् २०५० सम्म यो संख्या घटेर ६१ करोड ९० लाख हुनेछ । पूर्वी एशिया र युरोपको अधिकांश हिस्सा जहाँ १.५ प्रतिशत भन्दा कम रहेको छ, जहाँ जन्मदर थप घट्नेछ । यो कारणले काम गर्ने उमेरका मानिस कम हुनेछन् ।
अर्थशास्त्री मेरी काल्टनबर्ग, एडन जाफे र मनोवैज्ञानिक मार्गी लेचमेनले सन् २०२१ मा गरेको गरेको अनुसन्धानले उमेरको सम्बन्ध पाएका थिए । अन्वेषकहरुले ४० वर्षमा ३० लाख मानिसहरुको तथ्यांकलाई अनुसन्धान गर्दा ३० देखि ४० लाख उमेर समूहको मानिसको दर सबैभन्दा धेरै रहेको थियो भने ५० वर्षको उमेरमा मानिसहरुको संख्या क्रमशः कम हुँदै गएको थियो ।
कम जन्मदरका कारण वृद्धवृद्धाहरुको संख्या बढ्दै गएको छ । पहिले जापान र इटाली देशहरुमा वृद्धाहरुको संख्या बढी थियो भने अब यस्तो संख्या ब्राजिल, मेक्सिको र थाइल्यान्डमा पनि देखिन थालेको छ ।
मनोवैज्ञानिकहरुका अनुसार युवाहरुमा रचनात्मक एवं सिर्जनशील तरिकाले सोच्ने क्षमता हुन्छ । साथै उनीहरुसँग समस्याहरुको समाधान गर्ने नयाँ तरिका पनि हुन्छ । युवा आविस्कारहरुले दर्ता गरेका पेटेन्टहरुको नयाँ महत्वपूर्ण एवं उच्च सम्भावना रहेको छ ।
जुन देशमा वृद्धवृद्धाहरुको संख्या बढी छ ती देशहरुले कम जोखिम उठाउने गर्छन् । वृद्ध मतदाताहरु धेरै भएको ठाउँमा राजनीति पनि स्थिर हुन्छ । युवाहरुको तुलनामा आर्थिक विकासबाट वृद्धवृद्धाहरुले कम फाइदा लिन्छन्, त्यसैले उनीहरुलाई सो विषयमा पनि धेरै रुची हुँदैन । वृद्धवद्धाहरु धेरै भएको समाजमा सामाजिक परिवर्तनका मुद्दाहरु कम उठ्ने हुँदा उत्पादकत्व समेत कम हुन जान्छ ।
कतिपय विशेषज्ञहरुले घट्दो जन्मदरको समस्या समाधान गर्न बाहिरी मान्छेहरुको आप्रवासनलाई बढावा दिनुपर्ने सुझाव दिएका छन् तर यो विधिले काम गर्दैन । धनी देशहरुमा आप्रवासनको दर उच्च देखिएको छ, जसले गर्दा ती देशहरुमा कामदार समस्याको समाधान हुँदै गएको छ । तर, घट्दो जन्मदरका कारण यो शताब्दिभित्रमा युवा शिक्षिक कामदारको अभाव हुने अनुमान अनुसन्धानकर्ताहरुले गरेका छन् ।
मानिसहरुले धेरै बच्चा जन्माउन नचाहेको कारण विश्वले कम युवा र कम जनसंख्याको समस्यासँग जुध्नुपर्ने देखिएको छ ।
एजेन्सीको सहयोगमा ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.