एसिएन पेन्ट्सको व्यापारमा उछाल, एक वर्षमा पौने ११ अर्ब आम्दानी

  २०८० असार ४ गते १३:१६     विकासन्युज

काठमाडौं । एसिएन पेन्ट्सले एक वर्षको अवधिमा पौने ११ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १० अर्ब ७५ करोड ५० लाख रुपैयाँको ब्यापार गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशत बढी हो । अघिल्लो वर्ष अर्थात् सन् २०२१ मा कम्पनीले ७ अर्ब ३० करोड ३० लाखको ब्यापार गरेको थियो ।

यस्तै, कम्पनीले सन् २०२० मा ५ अर्ब ३१ करोड र सन् २०१९ मा ६ अर्ब १६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीलाई विस्तार गर्नका लागि ९९ करोड ९० लाख रुपैयाँ ऋण लिँदैछ । त्यसका लागि इक्रा नेपालबाट रेटिङ पनि गराएको छ । कम्पनीले एवान प्लसको रेटिङ प्राप्त गरेको छ ।

एशिएन पेन्ट्स नेपालमा एशिएन पेन्ट्स इण्डियाको ५३ प्रतिशतर रवि एसोशिएट इण्डियोको ९ प्रतिशत र ३८ प्रतिशत विभिन्न २६ जना सेयरहोल्डरहरुको स्वामित्व छ । हाल कम्पनीको अध्यक्ष लक्ष्मी गोपाल श्रेष्ठ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.