२०८० असार १० गते ८:३४ विकासन्युज
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले (साविक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक गाभिएर बनेको संस्था) को नाममा रहेको दर्ता भएको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको हो ।
बैंकले मालपोत कार्यालय कलंकी र डिल्लीबजारमा दर्ता रहेका विभिन्न ठाउँको घरजग्गा बिक्री गर्न लागेको हो । बैंकका अनुसार काठमाडौं महानगरपालिका १३ स्थित कित्ता नम्बर क्रमशः १३५ (१०३.३१ व.मि.), ९३ (१५७.६० व.मि.), १३४ (२७८.६९ व.मि.) र १३२ (१५८.९५ व.मि.) क्षेत्रफल भएको घरजग्गा, साविक मातातिर्थ गा.वि.स. ६ (ख) स्थित कित्ता नम्बर ३३९ (०–७–२–० रोपनी) र कित्ता नम्बर ३४० (०–७–२–०) का घरजग्गाहरु र काठमाडौं महानगरपालिका ३ स्थित कित्ता नम्बर ४० (१३३.८० व.मि.) को घरजग्गा तथा सो जग्गाले चर्चेका सम्पूर्ण सामाग्री बिक्री गर्ने भएको हो ।
बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी असार २४ गते भित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.