नेपाल उद्योग परिसंघको उपाध्यक्षमा मोर सर्वसम्मत, सीएनआईलाई नयाँ उचाईमा पुर्याउने

  २०८० असार १२ गते १७:४७     विकासन्युज

काठमाडौं । लक्की ग्रुपका प्रबन्ध निर्देशक तथा गणपति वनस्पति लिमिटेडका अध्यक्ष अमित मोर नेपाल उद्योग परिसंघ (सीएनआई) को उपाध्यक्षमा निर्वाचित भएका छन् । उनी परिसंघको २०औँ वार्षिक साधारण सभाबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

नवनिर्वाचित उपाध्यक्ष मोरले आफ्नो कार्यकालमा निजी क्षेत्रका समस्या समाधानमा आफ्नो तर्फबाट सदैव अग्रसर रहने र परिसंघलाई नयाँ उचाईमा पुर्याउन सबै पदाधिकारीका साथ अग्रसर भूमिका निर्वाह गर्ने वाचा गरेका छन् ।

साथै, नेपालको घ्यु तेल उत्पादन गर्ने सबैभन्दा ठुलो उद्योग यस गणपति वनस्पतिलाई परिसंघले लगातार तेस्रो पटक सम्मान गरेको छ । परिसंघले गणपति वनस्पतिलाई नेपालबाट साफ्टा अन्तर्गत निकासी हुने निर्यातयोग्य वस्तुहरू निकासी प्रवद्र्धनमा महत्वपूर्ण सहयोग उपलब्ध गराएकोमा कदर सम्मान गरेको थियो । सो सम्मान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्पनीका अध्यक्ष मोरलाई प्रदान गरेका थिए ।

विभिन्न उद्योग व्यापार व्यवसाय, बैंक तथा बीमा कम्पनीहरुमा लगानी भएकोे प्रगतिशील समूह लक्की ग्रुपका प्रबन्ध निर्देशक मोर हिमालयन रिइन्सोरेन्सको पनि सञ्चालक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.