ललिता निवास जग्गा प्रकरणका पक्राउ सरकारी वकील कार्यालय पुगे

  २०८० असार १३ गते १५:३८     विकासन्युज

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौं लगिएको छ ।

बुधबार नेपाल प्रहरीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौं लगेको हो । व्यवसायी मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाहलगायतलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पुर्याएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ । सरकारी लिखित कीर्तेको विषय भएकाले कानूनी प्रक्रिया अरु मुद्दा सरह नै चल्ने सरकारी वकील कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए । उनले अनुसन्धानको क्रममा कसुरदार देखिएमा हिरासतमा राख्ने बताए ।

‘सरकारी सम्पती किर्तेको विषयमा अनुसन्धानको कुरा हो । कानूनी प्रक्रिया अरु मुद्दा सरह नै हुन्छ । अनुसन्धानको क्रममा कसुरदार वा संकित देखिएमा हिरासतमा राख्ने, वा हिरासत बाहिर राखेर अनुसन्धान गर्ने हुन्छ ।’ सहन्यायाधिवक्ता न्यौपानेले भने ।

अनुसन्धानको सिलसिलामा भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम सिआईबीको हिरासतमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.