२०८० असार १७ गते १७:३१ विकासन्युज
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।
ृउक्त सम्झौतापत्रमा समता घरेलु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।
संस्थाले तीन करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँ बराबरको तीन लाख ३२ हजार ८५६ किता सेयर निष्काशन गर्न लागेको हो ।
मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।
लघुवित्तको २०७९ चैत मसान्तसम्मको अधिकृत पुँजी ५० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पुँजी ४२ करोड ७४ लाख रुपैयाँ छ । त्यसैगरी कर्जा लगानी ३ अर्ब १० करोड छ । संस्थाले हाल ६१ वटा शाखाबाट कुल ६२ हजार ग्राहकहरुलाई सेवा दिई रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.