भालेश्वरमा भक्तहरूको भीड, साउने साेमबार चन्द्रागिरी केबलकारको टिकट २ सयमा [फोटोफिचर]

  २०८० साउन १ गते २२:३८     विकासन्युज

काठमाडौं । चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा साउनको पहिलो सोमबार साँझ भव्यताका साथ सन्ध्या आरती सम्पन्न भएको छ । ‌औ‌ंसी तिथी समेत परेकाे  साउन महिनाको पहिलो सोमबार पारेर मन्दिरमा विशेष आरतीको आयोजना गरिएको हो ।

साउनको हरेक सोमबार साँझ चन्द्रागिरि हिल्स मन्दिर व्यवस्थापन समितिले यसैगरी भालेश्वर महादेवमा पूजासहित साँझमा विशेष सन्ध्या आरतीको आयोजना गर्ने चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक संजिव थापाले बताए ।

भालेश्वर महादेवमा साउन १ गते चन्द्रागिरि केबलकार चढेर हजारौँ श्रद्धालु पूजाका साथै साँझको आरतीमा सहभागी हुन पुगेका थिए । चर्चित पर्यटकीय गन्तव्य चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकको राेजाइकाे केन्द्र बनिरहेकाे छ ।

साउनको हरेक सोमबार साँझ ५ बजेपछि भालेश्वर महादेवमा दर्शन गर्न जाने भक्तजनहरूलाई केबलकारकाे शुल्क २ सय रुपैयाँ मात्रै लिइने चन्द्रागिरि हिल्सले बताएकाे छ । आन्तरिक तथा बाह्य पर्यटकलाई बढवा दिने उद्देश्यले भालेश्वर महादेवमा आरतीको आयोजना गरिएको थापाले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.