क्यापिटल म्याक्स सेक्यूरिटिज लिमिटेडको कारोवार उद्घाटन

  २०८० साउन ६ गते १०:१५     विकासन्युज

काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडको कारोबार उद्घाटन भएको छ । साउन ५ गते क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नंं. ६२) को धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको प्रमुख आतिथ्यमा उदघाटन समारोह सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित करिव ५०० जना लगानीकर्ताहरुलाई लगानीकर्ताका अगुवा नेपाल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार, नेपाल स्टक एक्सचेन्जका निवर्तमान कार्यकारी निर्देशक, चन्द्र सिंह साउँद, सि.डि.एस. एण्ड क्लीयरिङ लिमिटेडका प्रमुख कार्यकारी निर्देशक पूर्ण प्रसाद आचार्य, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र क्यापिटल म्याक्स सेक्यूरिटिजका कार्यकारी अध्यक्ष अतितलाल श्रेष्ठले सम्बोधन गरेका थिए ।

कार्यक्रममा लगानीकर्ताका अगुवा छोटेलाल रौनियारले क्यापिटल म्याक्स सेक्यूरिटिज परिवारलाई बधाई ज्ञापन गर्दै लामो समयदेखि लगानीकर्ताले राख्दै आएको बैंकलाई ब्रोकर लाईसेन्स दिने माग पूरा गर्नका लागि बोर्डका अध्यक्ष रमेश कुमार हमाललाई सफल भएको हुदाँ लाखौ लगानीकर्ताको माग पुरा भएको भन्दै उनलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै उनले आगामी दिनमा ब्रोकर कमिसनपनि घटाउनुपर्ने धारण राखेका थिए ।

त्यसैगरी नेप्सेका निवर्तमान कार्यकारी अध्यक्षचन्द्र सिंह साउदले आप्mनो कार्यकालमा नेप्से ३० ल्याउनको लागि कार्यविधि बनाएको बताउँदै पुँजीबजारको विकास तथा विस्तारको लागि ब्रोकर लाईसन्स बितरणले ठूलो सहयोग पुग्ने एवं बजारलाई अझ चलाएमान बनाउँनको लागि अर्को स्टक एक्सचेन्ज अपरिहार्य रहेको कुरा बताएका थिए । त्यसैगरी सि.डि.एस. एण्ड क्लीयरिङ लिमिटेडका प्रमूख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बधाई दिँदै आफुहरुले सिमित स्रोतका बाबजुत लगानीकर्तालाई गुणस्तरीय सेवा दिईरहेको एवं सम्बन्धित नियमन निकायहरुसँग सहकार्य गरी आप्mनो सेवा तथा सुविधालाई थप प्रभावकारी बनाउँन अगाडी बढेको जानकारी गराए । साथै लामो समयदेखि लगानीकर्ताहरुले कारोवारका क्रममा भोग्दै आएको समस्या तथा गुनासोका बारेमा समेत अब बजारमा आउन लागेका नयाँ ब्रोकरहरुले राम्रो सेवा सुविधा दिन सुझाव दिए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले ४३ वटा एल.ओ.आई. आईसकेका ब्रोकरहरुमध्ये हिजोसम्म २९ वटा कम्पनीले लाईसेन्स पाइसकेको र बाँकी रहेको १४ वटा कम्पनीले पूर्वाधार तयार गरेको जानकारी आएपछि त्यसको अनुगमन गरी लाईसेन्स दिने जानकारी गराए । लामो समयदेखि नयाँ ब्रोकरलाई थप गरी सिन्डीकेटलाई खारेज गर्न सफल भएको बोर्डका अध्यक्षले अझै पुँजीबजार रिफर्मको लागि धेरै काम गर्न बाँकी रहेको बताए । त्यसैगरी आउँदै गरेको मौद्रिक नीतिमा राष्ट्र बैंकबाट पुँजीबजारको हितमा नीतिहरु सुधार हुने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.