पञ्चकन्या स्टीलको आम्दानी ३० प्रतिशतले घट्यो, ऋण ८ अर्ब ६६ करोड

  २०८० साउन ८ गते १५:०४     विकासन्युज

काठमाडौं । पञ्चकन्य स्टीलको आम्दानी आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा करिव ३० प्रतिशतले घटेको छ । आर्थिक वर्षको पहिलो ९ महिनामा ३ अर्ब ७४ करोको व्यापार भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.८६ प्रतिशतले कम हो ।

कम्पनीको खुद नाफा पनि घटेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि उच्च भएको र सोही अनुसार उत्पादित बस्तुमा मूल्य वृद्धि गर्न नसकिएको केयर रेटिङ नेपालले जनाएको छ । तयारी स्टीलको कुल मूल्यमा कच्चा पदार्थको हिस्सा ९२ प्रतिशत रहेको र अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि हुँदा सोही अनुसार तयारी बस्तुमा मूल्य पास गर्न नसकेको कम्पनीको भनाई छ ।

बजार अन्य ठूला प्रतिस्पर्धी कम्पनीको दवाव सामना गर्नु परेकोले पनि कम्पनीले इतिहासमा जसरी नाफा गर्न नसकेको कम्पनीकाे दावी छ । कोभिड महामारीपछि बजारमा उच्चदरका उतारचढाव आएकोले कम्पनीले कोभिड पूर्वको अवस्थामा झै आर्जन गर्न नसकेको केयर रेटिङ नेपालले जनाएको छ ।

कम्पनीले सन २०२२ मा २२ प्रतिशतले आम्दानी वृद्धि गरेको थियो । उक्त वर्ष कम्पनीले स्टील बिक्री गरेर ६ अर्ब ७४ करोड रुपैयाँ कमाएको थियो । बस्तु व्यापार परिणाममा घटेपनि मूल्य वृद्धि भएकोले कारोबार रकममा उल्लेख्य वृद्धि भएको कम्पनीले जनाएको छ ।

पञ्चकन्याले सन् १९९५ मा भैरहवा उद्योग खोली टीएमटी स्टील उत्पादन गर्दै आएको छ ।  यस कम्पनीको वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार मेट्रिकटन रहेको छ ।

व्यवसायिक घराना पञ्चकन्या ग्रुपका ४ कम्पनीले ८ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढी कर्जा उपयोग गर्न केयर रेटिङ नेपालबाट क्रेडिट रेटिङ गराएको छ ।

ग्रुप अन्तरगत सबैभन्दा बढी पञ्चकन्या स्टीलले ५ अर्ब १४ करोड ३१ लाख कर्जा लिन उपयोग गर्ने भएको छ । त्यस्तै, पञ्चकत्या प्लास्ट प्रालिले १ अर्ब २४ करोड ५० लाख रुपैयाँ कर्जा लिन चाहेको छ । पञ्चकन्या प्लास्टिक उद्योगले १ अर्ब १७ करोड ३० लाख रुपैयाँ कर्जा लिन चाहेको छ । पञ्चकन्या रोटोमूल्डले १ अर्ब १० करोड १० लाख रुपैयाँ कर्जा लिने चाहेको छ ।

पञ्चकन्या स्टीलले केयर नेपालबाट रेटिङ गराएको छ । दीर्घकालिन कर्जाको लागि केयर एनपी एनबीबी र अल्पकालिन कर्जाको लागि केयर एनपी ए४ रेटिङ पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.