युरोपेली केन्द्रीय बैंकले फेरी बढाउन थाल्यो ब्याजदर

  २०८० साउन १२ गते ६:५०     विकासन्युज

काठमाडौं । युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले ब्याजदर बढाउन थालेको छ । ईसीबीले बिहीबार ब्याजदर बढाएर सन् २००१ को सुरुदेखिको विन्दुमा पुर्याएको हो ।

फ्र्याङ्कफर्टमा मुख्यालय रहेको संस्थाले यसको मुख्य दरहरू एक चौथाई प्रतिशत बिन्दुले बढाउँदै यसको मानक निक्षेप ब्याज दर ३.७५ प्रतिशत कायम गरेको हो । यो सन् २००१ को मेपछि यसको उच्चतम विन्दु अर्थात् यस पहिलेको ब्याजदरको उच्चतम विन्दु बराबर पुगेको हो ।

मुद्रास्फितिसँग जुध्न बैङ्कको एक वर्ष लामो ब्याजदर वृद्धिको चक्रमा ऋणको लागत अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा बढेको छ ।

युक्रेनमा रूसको आक्रमणपछि ऊर्जा र खाद्यान्नको मूल्य वृद्धि भएको र गत वर्षको जुलाईमा ईसीबीले आफ्नो पहिलो कदम चालेपछि मुख्य दरहरू ४.२५ प्रतिशत बिन्दुले बढेको छ ।

ईसीबीका अध्यक्ष क्रिस्टीन लेगार्डले भने, ‘गत वर्षको अन्त्यमा मुद्रास्फीति दुई अङ्कको उच्च बिन्दुबाट तल झरेको छ, मूल्य मापन अझै पनि ‘धेरै लामो समयसम्म धेरै उच्च’ रहने अपेक्षा गरिएको छ ।’

युरोजोनमा उपभोक्ता मूल्य जुनमा ५.५ प्रतिशतले बढेको छ तर ईसीबीको २ प्रतिशतको लक्ष्यभन्दा निकै माथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.