२०८० साउन २० गते १७:५९ विकासन्युज
एजेन्सी । विश्वमा सबैभन्दा धेरै जनसंख्या भएका मुलुकमध्ये चीन र भारत पर्छन् । यी मुलुक मानिसको संख्यामा मात्रै अगाडि नभएर महिला तथा बालबालिका हराउनेमा पनि अगाडि छन् । विश्वभरीमा जति संख्यामा महिला तथा बालबालिका हराइरहेका छन् त्यसको ९० प्रतिशत चीन र भारतबाट नै हराउने गरेका छन् ।
हालै भारतको गृह मन्त्रालय र महिला एवं बाल विकास मन्त्रालयले हराएका बालिका, महिला र बालबालिकाको विषयमा प्रतिवेदन सार्वजनिक गरेको थियो । सो प्रतिवेदनअनुसार पछिल्लो तीन वर्षमा १३ लाख १३ हजार महिला तथा बालिका हराएका छन् । जसमध्ये १८ वर्ष माथि उमेरका १० लाख ६० हजार र सो भन्दा कम उमेरका दुई लाख ५० हजार महिला तथा बालिका हराएका छन् ।
भारतमा सबैभन्दा धेरै महिला मध्य प्रदेशबाट हराएका छन् भने बालबालिका तस्करीमा राजस्थानको जयपुर अगाडि रहेको छ । त्यस्तै, बालबालिका तस्करीका धेरै घट्ना भारतको युपीमा हुने गरेको छ । दिल्ली, बिहार र आन्ध्र प्रदेश पनि बालबालिका तस्करीको मामिलामा अगाडि रहेको देखिन्छ ।
संयुक्त राष्ट्र जनसंख्या कोषको २०२० को रिपोर्टअनुसार पछिल्लो ५० वर्षमा विश्वभरीबाट १४ करोड २६ लाख महिला हराएका थिए । जसमध्ये चार करोड ५८ लाख महिला भारतबाट हराएका थिए । एजेन्सीको सहयोगमा ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.