बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ‘एरिस’ काे जोखिम बढ्दै

  २०८० साउन २१ गते १०:४५     विकासन्युज

काठमाडौं । बेलायतमा फेरि एकपटक कोराना भाइरसको जोखिम बढेको छ । कोरोनाको नयाँ भेरियन्ट एरिसले स्वास्थ्य विभागलाई चिन्तित बनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार नयाँ भेरियन्ट एरिसको वैज्ञानिक नाम ईजी.५.१ हो र यो ओमिक्रोनबाट उत्पन्न भएको हो ।

बेलायतमा यो भेरियन्ट जुन महिनामा पत्ता लागेको थियो । त्यसदेखि यताको समयमा दैनिक नयाँ–नयाँ समस्याहरु सार्वजनिक भैरहेका छन् । ३१ जुलाईमा यसलाई नयाँ भेरियन्टको रुपमा वर्गीकृत गरिएको थियो ।

युके हेल्थ सेक्युरिटी एजेन्सीले कोभिड संक्रमण भएका हरेक सात जनामध्ये एकजनालाई ईजी.५.१ संक्रमण देखिएको बताएको छ । एसियामा संक्रमण बढ्दै गएकाले बेलायतमा पनि यो समस्या बढेको बताइएको छ । तर, एसियाका कुन–कुन देशहरुमा नयाँ संक्रमण देखिएको छ भन्ने बारेमा भने एजेन्सीले उल्लेख गरेको छैन ।

विश्व स्वास्थ्य संगठनले भ्याक्सिन लगाएका मानिसहरु सुरक्षित रहेको तर सतर्क हुनुपर्ने जनाएको छ । विश्व स्वास्थ्य संगठनले दुई साता अगाडि कोभिडको नयाँ संस्करणको विषयमा अनुगमन सुरु गरेको थियो । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनोम गेबियसले खोपका कारण मानिसहरु सुरक्षित रहेको बताएका छन् ।

एजेन्सीको रेस्पिरेटरी डाटामार्ट प्रणालीबाट रिपोर्ट गरिएका चार हजार तीन सय ९६ वटा नमूना मध्ये ५ दशमलब ४ प्रतिशतमा कोरोना संक्रमण देखिएको जनाइएको छ । जबकी पछिल्लो समयमा चार हजार चार सय तीन नमूनामा परीक्षण गर्दा तीन दशमलब सात प्रतिशतमा मात्रै कोरोना संक्रमण देखिएको थियो ।

पछिल्लो समयमा अस्पताल भर्ना हुने संख्यामा पनि वृद्धि भइरहेको छ । ताजा तथ्यांकअनुसार प्रत्येक एक लाख आवादी भएको ठाउँमा एक दशमलब ९७ प्रतिशत कोभिड विमारी अस्पताल भर्ना भएका छन् । जसमध्ये अधिकांश वृद्धवृद्धा रहेका छन् । एजेन्सीकाे सहयाेगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.