कर्पाेरेट डेभलपमेन्ट बैंकका सीईओ जोशीले दिए राजीनामा, पोख्रेललाई कामुको जिम्मेवारी

  २०८० साउन २९ गते १५:३५     विकासन्युज

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) त्रिलोक ध्वज जोशीले राजीनामा दिएका छन् । बैंकका सीईओ जोशीले दिएको राजीनामा सञ्चालक समितिको साउन २५ गते बसेको बैठकले स्वीकृत समेत गरेको छ ।

साथै, बैंकको सञ्चालक समितिले अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि कायमुकायम सीईओको जिम्मेवारी बिपिन राज पोख्रेललाई दिएको छ । पोख्रेल नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.