आईटीका विद्यार्थी भन्छन् : एप इन्स्टल गर्दा हत्तपत्त अलाउ नगर्नुस्, ह्याक हुन सक्छ

  २०८० भदौ ५ गते १७:४८     विकासन्युज

काठमाडौं । इस्लिङ्टन कलेजले ‘फ्युचरामा २०२३ ’ नामक दूरदर्शी तीन दिने प्राविधिक कार्यक्रम आयोजना गरी सम्पन्न गरेकको छ । कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा आगामी पुस्ताका आईटीलाई प्रेरणा र सशक्तिकरण गर्न उक्त कार्यक्रम आयोजना गरेको हो ।

कमलपोखरीस्थित इस्लिङ्टन कलेजमा बिहीबार सुरु भएको उक्त प्रदर्शनीमा आईएनजी समूहअन्तर्गतका इस्लिङ्टन, इटहरी इन्टरनेसनललगायत विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीले बनाएका विभिन्न प्रकारका इन्टरनेट अफ थिङ्स (आईओटी) सँगै साइबर सुरक्षा र भिडियो एनिमेसनसम्बन्धी जानकारीमूलक विषयवस्तु अवलोकनका लागि राखिएका थिए ।

कार्यक्रममा एआई र रोबोटिक्स, वाकिङ पियानो, ड्रोन, र गोकार्ट जस्ता मनमोहक बुथहरू राखिएको थियो, जसले प्राविधिक विकासलाई देखाउँदछ । लाइभ डेमोमा ३० औं शताब्दीको कार रेस, लाइन फलोइङ रोबोट, एनिमेसन र यस्तै अन्य समावेश थिए । टेक्नोलोजीमा मात्र केन्द्रित नभएको उक्त कार्यक्रमले प्रविधि र दिगो व्यापारको जटिल प्रतिच्छेदनलाई पनि सम्बोधन गरेको थियो । स्थानीय नर्सरीबाट प्राप्त बिरुवाहरू बाँडेर खेती गर्न प्रोत्साहन गरेको उक्त कार्यक्रमले सहभागीहरूलाई उद्यमशीलता र आईटीको क्षेत्रमा उनीहरूको भविष्यका उद्यमहरूको कल्पना गर्न प्रेरणा दिएको छ ।

आफूले चलाउने मोबाइलमा कुनै पनि एप इन्स्टल गर्ने क्रममा अधिकांश प्रयोगकर्ताले एउटै गल्ती गर्ने गर्छन् । त्यो एपले एक्सेस मागेका (पहुँच बनाउन खोजेका) सबै कुरामा भकाभक अलाउ’ थिच्ने । त्यसैमध्येका एक हुन् आर्यन राई । कालिकास्थानको एस्फोडेल पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत उनले अबदेखि भने हतारहतार अलाउ थिच्नु गल्ती हुने बुझेका छन् ।

‘हामीले अलाउ थिचेपछि ती एपले हाम्रो मोबाइलको क्यामरा, फोटो, कन्ट्याक्ट, इमेल, वालेट, क्यालेन्डर सबैमा एक्सेस बनाउँदा रहेछन्,’ आर्यन भन्छन्, ‘अथेन्टिक एपलाई मात्रै र आफूलाई दिन मन लागेको कुरामा मात्रै अलाउ गर्नुपर्ने रहेछ । जुनसुकै एपलाई मोबाइलको क्यामरा तथा फोटामा अलाउ गर्दा ह्याक गरिदिने डर हुँदोरहेछ ।’

आईटी र व्यवसायिक शिक्षामा उत्कृष्टताका लागि प्रख्यात इस्लिङटन कलेज काठमाडौंले पुनः नवप्रवर्तनप्रति आफ्नो प्रतिवद्धता प्रदर्शन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.