२०८० भदौ ८ गते १०:४८ विकासन्युज
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः दाहाल नियुक्त भएका छन् । लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले रामहरि दाहाललाई पुनः सीईओमा नियुक्त गरेको हो ।
सीईओ दाहालको पदावधि भदौ मसान्तमा सकिँदै छ । उनको कार्यकाल सकिनु अगावै सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले पनुः ४ वर्षका लागि कार्यकाल थप गरेको हो ।
उनको आगामी कार्यकाल असोज १ गतेदेखि लागू हुनेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.