स्टार्टअपलाई परिभाषित गर्न तत्काल स्टार्टअप नीति ल्याउन आवश्यक छ : अध्यक्ष ढकाल

  २०८० भदौ ११ गते १३:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवद्र्धन नीतिहरु कार्यान्वयनमा आउन नसकेको बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताए ।

उनले सरकारले स्टार्टअप नीति तत्काल ल्याएर स्टार्टअपको परिभाषा गर्न आवश्यक रहेको बताए। अध्यक्ष ढकालले स्टार्टअप उद्यमको परिभाषा र स्पष्ट नीति नहुँदा स्टार्टअप प्रवद्र्धन कार्यक्रमहरु समेत कार्यान्वयन आउन नसकेको उल्लेख गरे ।

उनले अध्यक्ष ढकालले सरकारले स्टार्टअप सम्बन्धि स्पष्ट नीति बनाउन नसक्दा स्टार्टअपलाई परिभाषित गर्न नसकिएको बताए । उनले सरकारले स्पष्ट स्टार्टअप नीति बनाएर कोभिड महामारीका कारण जोखिममा परेका स्टार्टअपलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सरकारले स्टार्टअप नीति ल्याएर नवप्रवर्तनकारी युवाहरुलाई सहयोग प्रदान गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ । ढकालले स्टार्टअप नीतिको तर्जुमा पुँजीको व्यवस्था बजार विकास सुविधाका महासंघले सरकार र अन्य सम्बन्धित सबै क्षेत्रसँग सहकार्य गर्दै आएको उल्लेख गरे । उनले नीतिगत स्पष्टता र सहयोग बिना स्टार्टअप राष्ट्रको लक्ष्यमा पुग्न नसकिने बताए । स्टार्टअप प्रवद्र्धनको लागि स्टार्टअप इकोसिस्टमलाई प्रवद्र्धन प्रभावकारी र क्रियाशिल बनाउन जरुरी रहेको उनको भनाइ थियो ।

‘उद्योग वाणिज्य महासंघले स्टार्टअप नीतिको ड्राफ्ट बनाएर मन्त्रालयमा पेस गरेका थियौं । त्यसमा धेरै चरणको छलफल भइसकेको छ । स्टार्टअप नीति छिटै पारित गर्नुपर्छ भन्ने महासंघको धारणा रहेको छ । यसले नीतिगत स्पष्टतासँगै स्टार्टअपलाई परिभाषित पनि गर्ने छ ।  स्टार्टअप जन्माउने, हुर्काउने र निरन्तरताको लागि आवश्यक पुँजी र उचित मार्गदर्शन दुवैको आवश्यकता पर्छ । नीतिगत स्पष्टता र सहयोग बिना स्टार्टअप राष्ट्रको लक्ष्यमा पुग्न सकिँदैन । स्टार्टअप प्रवद्र्धनको लागि स्टार्टअप इकोसिस्टमलाई प्रवद्र्धन प्रभावकारी र क्रियाशिल बनाउन जरुरी रहेको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.