तस्वीरमा ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी, विद्युतीय साइकलदेखि मिनी ट्रकसम्म

  २०८० भदौ १५ गते १४:३०     विकासन्युज

काठमाडौं । भृकुटीमण्डपमा आजबाट नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लाइन्सेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ ।

प्रदर्शनीको उद्घाटन उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्ति बहादुर बस्नेतले गरेका छन् ।

आइतबारसम्म चल्ने सो प्रदर्शनीमा विभिन्न कम्पनीहरूले ईभीका सवारीदेखि इलेक्ट्रिक तथा मेसिनरी सामानहरू राखिएका छन् ।

मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचर एण्ड इम्पोर्टरस एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा सो प्रदर्शनी भएको हो ।

मुलुकमा बढ्दो उत्पादित जलविद्युत्को विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक रूपमा सबलिकरण गर्ने उद्देश्य सहित प्रदर्शनीको आयोजना गरिएको छ । सो प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीको प्रदर्शनी कक्ष रहको बताइएको छ ।

उएक्स्पोको उद्घाटनसँगै प्रदर्शनीको अवलोकन गर्न आउनेहरूको पनि बाक्लो उपस्थिति थियो । प्रर्दशनीमा विद्युतीय साइकलदेखि मिनि ट्रकसम्म राखिएका छन् ।

उद्घाटनको क्रममा मन्त्री बस्नेतले विद्युती सामान र ईभीका सवारीको प्रयोगलाई सरकारले पनि प्राथमिकता दिएको बताए ।

‘हामीले जलविद्युतको उत्पादन पनि गुणात्मक तरीकाले गरी रहेका छौं, आन्तरिक खपत बढाउने योजना र कार्यक्रमका साथ अगाडी बढेका छौं, यसलाई विस्तार गर्नको लागि आवश्यक पर्ने नीतिगत विषयलाई लिएर पूर्वाधारका काम अगाडी बढाउने कुरालाई प्राथमिकता दिएका छौं,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.