साना तथा घरेलु उद्यमीको संरक्षण गर्नु सरकारको कर्तव्य : मन्त्री रिजाल

  २०८० भदौ २० गते १६:१२     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा घरेलु उद्यमीहरुको संरक्षण गर्नु सरकारको पहिलो कर्तव्य भएको बताएका छन् ।

बुधबारदेखि ५ दिनका लागि ललितपुरमा सुरु भएको महिला उद्यमी मेला–२०८० उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । मुलुकको लागि महिला र पुरुष दुवै उद्यमीहरुको खाँचो रहेको उनले बताए ।

मन्त्री रिजालले उद्यमीहरुको योगदान बिना मुलुक समृद्ध हुन नसक्ने, आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय हुनुपर्ने बताए ।

‘आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य हुन जरुरी छ । नेपाल सरकारले साना तथा मझौला व्यवसायीलाई प्रवर्द्धन गर्ने हेतुले रोजगारी मुलक सशक्तीकरण तथा सीपमुलक तालिमहरु प्रदान गर्दै आएको छ’, रिजालले भने ।

नेपाल सरकारले साना तथा मझौला व्यवसायीलाई प्रवद्र्धन गर्ने उद्देश्यले रोजगारी र सीपमुलक तालिमहरु प्रदान गर्दै आएको उनले बताए ।

उनले लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुलाई स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच पु¥याउनको लागि विभिन्न व्यापार मेलामा उद्यमीहरुलाई सहभागिता गराउने कार्य गर्दै आएको मन्त्री रिजालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.