विद्यालय बन्द गरेर आन्दोलनलाई समर्थन गर्ने काठमाडौंका प्रिन्सिपलहरुको निर्णय

  २०८० असोज ३ गते १९:१३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विद्यालय बन्द गरेर आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै महानगरका प्रिन्सिपलहरुले नेपाल शिक्षक महासंघले गरिरहेको आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको जानकारी गराएको हो ।

शिक्षक महासंघले बुधबारदेखि संघीय संसदबाट जारी विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एककीरण गर्न बनेको विधेयक २०८० को खारेजीका लागि काठमाडौं केन्द्रित गर्दै देशैभरिको विद्यालय अनिश्चित रुपमा बन्द गरी सशक्त आन्दोलनमा जाने कार्यक्रम शुरु गरेको छ ।

उक्त कार्यक्रमलाई काठमाडौंका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले पनि सहमति जनाएका छन् । बुधबार बसेको सामुदायिक विद्यालयको प्रधानाध्यापकहरुको बैठकले अर्को सूचना नभएसम्मका लागि उक्त कार्यक्रममा सहमति जनाएका हुन् । त्यस्तै, उक्त बैठकले माइतिघर मण्डलामा नियमित हाजिर हुनेगरि सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई उपस्थित हुन समेत विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

साथै, आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिलाई परिपूर्ति गर्न बिदाका दिनमा पठनपाठन गराइने प्राधानाध्यापकहरुले प्रतिबद्धता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.