बालेनलाई टेरेनन् काठमाडौंका शिक्षकले, महानगरका सबै सामुदायिक विद्यालय बन्द

  २०८० असोज ४ गते १४:५१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले शिक्षकहरु आन्दोलनमा गएर विद्यालय बन्द गरे कानूनी कारवाही गरिने भनेर दिएको चेतावनीको बाबजुद आज काठमाडौंका सबै सामुदयिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा सहभागी भएका छन् । महानगर प्रहरीले विद्यालयमा अनुगमन गर्दा सबै सामुदायिक विद्यालय बन्द रहेको बताएको छ ।

महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले महानगरका सबै सामुदायिक विद्यालयमा पढाइ नभएको देखिएको बताएका छन् । महानगरपालिकाको शिक्षा विभागले बन्द भएका विद्यालयहरुको विषयमा आवश्यक प्रतिवेदन तयार गरेको छ भने अनुगमनको कार्य पनि साँझ सम्म सञ्चालन हुने जनाइएको छ ।

बुधबार काठमाडौं महानगरका प्रमुख बालेनले सामाजिक सञ्जालमा स्टाटस लेखेर शिक्षकहरुले आन्दोलनको नाममा विद्यालय बन्द गर्न नपाइने अन्यथा कानुनी कारबाही हुने बताएका थिए । सबै सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी भएको सन्दर्भमा महानगरले कसरी कारबाही गर्छ त्यसको विषयमा भने महानगरले कुनै धारणा सार्वजनिक गरिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.