२०८० असोज १४ गते १८:२३ विकासन्युज
काठमाडौं । काठमाडौं महानगरपालिकाले स्लाइस उत्पादन कम्पनी बरुण वेभरेजलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । कम्पनीले उत्पादन गरेको स्लाइसमा अखाद्य वस्तु भेटिएपछि महानगरले कारवाही स्वरुप दुई लाख रुपैयाँ बराबरको जरिवाना तिराएको हो ।
बजार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका-३२ स्थित कालिमाटीमा सञ्चालित एक पसलमा बेच्न राखिएको स्लाइसमा अखाद्य वस्तु भेटिएको महानगरले जनाएको छ ।
त्यस्तै, महानगरले कारवाही बाहेक विभिन्न तीन वटा निर्देशन समेत दिएको छ । महानगरले आखाद्य वस्तु बजारमा जानुपूर्व फिर्ता लैजाने व्यवस्था गर्न, प्याकिङ पछि रसायनिक, भौतिक दुर्व रुपमा गुणस्तर कायम गर्न र अखाद्य स्लाइसको लटमा बजार गइसकेको गुणस्तरहिन उत्पादन भएको भएका पुनः परीक्षण गर्न बरुण वेभरेजलाई निर्देशन दिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.