फुडमाण्डुको बडादसैँ बाइट्स क्याम्पेन सार्वजनिक, के छ विशेषता ?

  २०८० असोज १९ गते १०:२२     विकासन्युज

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा ‘बडा दशैं बाइट्स’ नामक अफर क्याम्पेन लिएर आएको छ।

यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सक्नेछन् । पहिलो अफर अन्तर्गत ‘बडा दशैं बाइट्स’ मा हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५ प्रतिशत फ्ल्याट डिस्काउन्ट पाउन सकिनेछ । दोस्रो अफर अन्तर्गत ‘बडा दशैं कम्बो बाइट्स’ मा ३० भन्दा बढी प्रख्यात रेस्टुरेन्टहरूबाट मन लोभ्याउने कम्बो खानाहरुमा ५० प्रतिशतसम्मको डिस्काउन्ट पाउन सकिनेछ ।

यसबारे फूडमान्डुकी ब्रान्ड एंड  मार्केटिङ मेनेजर, सुश्री इनशा भट्टराईले भनिन्, ‘यस अभियान मार्फत हाम्रा ग्राहकहरूसँग दशैं मनाउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी सधैं उत्कृष्ट खाना र डेलिभरीद्वारा आफ्ना ग्राहकहरूलाई सेवा दिने प्रयासमा लागिरहेका हुन्छौं । आशा छ कि यी विशेष अफरहरूले हाम्रा ग्राहकहरुको यस उत्सवमा थप आनन्द र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत गरोस् ।’

यो अभियान कार्तिक २ गतेसम्म चल्ने छ । यी अफरहरूको फाइदा उठाउनको लागि, फूडमान्डुुको वेबसाइटमा वा फूडमान्डुुको एप डाउनलोड गरेर फूड अर्डर गर्न सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.