२०८० असोज १९ गते १३:१७ विकासन्युज
काठमाडौं । अधिवक्ता एवं उप-प्राध्यापक डा. नेवल चौधरीको वाणिज्य कानून पुस्तक सार्वजनिक भएको छ । डा. चौधरीको अग्रेजी भाषामा लेखिएको पाठयक्रममा आधारित बाणिज्य कानून अर्थात कमर्शियल ल नामक पुस्तक सार्वजनिक भएको हो ।
कानून व्यवसायी तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसमा कार्यरत स्थायी उप-प्राध्यापक डा. चौधरीले अग्रेजी भाषामा लेखिएको स्नातकोत्तर तह (एलएलएम) वाणिज्य कानून (कमर्शियल ल) को पाठ्यक्रममा आधारित पुस्तक बजारमा ल्याएका हुन् ।
उक्त पुस्तकमा विदेशी लगानीमा देखिएका समस्या समाधानका लागि विदेशी अदालतहरुबाट भएका फैसलाहरु पनि उल्लेखित रहेका छन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा कार्यान्वयनमा देखिएका कमी कमजोरी समेतलाई उर्जागर गर्ने कोशिश गर्दै उनले नेपालमा विदेशी लगानीको वर्तमान अवस्थाको बारेमा उल्लेख गरेका छन् ।
डा.नेवल चौधरी अधिवक्ता भै मुख्यतः नेपालको सर्वोच्च अदालत तथा काठमाडौंको विशेष अदालतमा कानूनी व्यवसाय गर्दै आएका अधिवक्ता एवं नेपाल ल क्याम्पसका स्थायी उप-प्राध्यापक हुन् । चौधरीले वाणिज्य कानूनअन्तर्गत नेपालमा प्रत्यक्ष विदेशीमा देखिएका समस्या तथा सम्भावना विषयमा पीएचडी गरेका छन् ।
डा. चौधरीले यसअघि पनि अंग्रेजी भाषामा साइबर कानून र साइबर अपराधसँग सम्बन्धित पुस्तक प्रकाशित गरिसकेका छन् । जसको नाम द आर्ट अफ साइबर ल र साइबर क्राइम रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.