व्यवसायीहरु राष्ट्र बैंकले ल्याउने नीतिको त्रासमा छन् : अध्यक्ष ढकाल

  २०८० असोज २१ गते १७:१२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायीहरु नेपाल राष्ट्र बैंकले ल्याउने नीतिको त्रासमा रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘रियल इस्टेट व्यवसायी वृहत भेला २०८०’ मा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘राष्ट्र बैंकमा आज एउटा नीति आउँछ भोलि अर्को आउँछ, अब के आउँछ भन्ने त्रास पनि व्यवसायी छन्,’ उनले भने ।

त्यस्तै, उनले राष्ट्र बैंकले निजी क्षेत्रको सुझावलाई नस्वीकार्दा अथर्तन्त्र सिथिल हुँदै गएको बताएका छन् ।

‘निजी क्षेत्रले आफ्नो स्वार्थको लागि मात्र काम गर्छ भनेर हामीले दिएको सुझाव नस्वीकार्दा आज यो अवस्था आएको हो,’ अध्यक्ष ढकालले भने ।

पछिल्लो समय भने सरकारले निजी क्षेत्रका कुरालाई मनन् गर्दै गएको बताउँदै उनले निजी क्षेत्रको मागको सुनुवाइ क्रमिक रुपमा हुँदै जाने बताएका छन् ।

यद्पि अर्थतन्त्र क्रमिक रुपमा सुधार हुँदै जाने र व्यवसाय पनि आउने दिनमा पुरानै लयमा फर्किने विश्वासमा ढकाल छन् ।

साथै, पछिल्लो समय रेमिट्यान्स बढ्दै जानु, पर्यटनको आवागमन हुनुले अर्थतन्त्रमा सुधारको संकेत देखिँदै गएको अध्यक्ष ढकाल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.