२०८० कार्तिक ३ गते २२:१८ विकासन्युज
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीन चार्टडले यहि कात्तिक १८ गते ‘यम बरालः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ को आयोजना गर्ने भएको छ । गायक यम बरालको प्रस्तुति रहने कन्सर्टले नेपाली सँगीत र संस्कृतिलाई उजागर गर्न क्लबको यो प्रयासले भूमिका निभाउने क्लवले जनाएको छ ।
‘सामाजिक र साँस्कृतिक परिवर्तन लागि शिक्षा’ भन्ने अभिप्रायबाट सहयोग स्वरुप साँस्कृतिक कार्यक्रम गर्न लागिएको क्लवले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लवकी अध्यक्ष कल्पना बस्नेतले बताइन् । कार्यक्रम राजधानीको प्रज्ञा भवनमा साँझ ५ बजेपछि हुनेछ ।
अत्याधिक चेपाङ, दलित, क्षेत्री र ब्रामण समुदायको वासस्थान रहेको धादिङको गजुरी गाउँपालिका-५ पिडामा रहेको डोल भञ्ज्याङ मा.बि. मा क्लबले सहयोग गर्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विद्यालयमा पर्जा (चेपाङ) समुदायका १९६, तामाङ समुदायका २०० जनासहित ५४१ जना विद्यार्थीले सो विद्यालयमा अध्ययन गर्छन् । विद्यालय पृथ्वीराजमार्गको आदमघाटबाट दक्षिणतर्फ २० किलोमिटर टाढा दुर्गममा अवस्थित छ । क्लबले कार्यक्रमबाट संकलन भएको रकम सोही विद्यालयको भौतिक मर्मत संभारका लागि विद्यालयलाई हस्तान्तरण गर्ने योजना बनाइएको क्लवकी अध्यक्ष कल्पना बस्नेतले बताइन् ।
कार्यक्रमबाट संकलन भएको केही रकम लामो समयदेखि क्यान्सरबाट पीडित गायिका जमुना थापा र तुलसादेवी फाउण्डेसन ललितपुरबाट सञ्चालित अनाथालयलाई सहयोग गर्ने योजना छ ।
यस कन्सर्टको मुख्य प्रायोजक ब्रमपटन इमिग्रेशन कल्सल्टेन्सी र इन्टेक अबोर्ड रहेका छन् भने सह प्रायोजकमा अल्का हस्पिटल, आर्य ट्राझल, प्यासिफिक लिंक कलेज रहेका छन् । यस कार्यक्रमको मिडिया पार्टनरमा विकासन्युज डटकम, रेडियो थाहा, सवल नेपाल लगायत रहेका छन् ।
को हुन् बराल ?
ईलामको फिक्कलमा जन्मिएका गायक यम बराल नेपाली आधुनिक गीत संगितका मुलधारका शीर्ष गायक तथा नेपाली चलचित्रका सुप्रशिद्ध पार्श्वगायक तथा संगितकार हुन् । उनले २०४७ सालमा रेडियो नेपालमा सागर भन्दा गहिरो बोलको गीत गाएर नेपाली साङ्गितिक क्षेत्रमा प्रवेश गरेका थिए । उनले रेडियो नेपालबाट २०४९ सालमा प्रथम पुरस्कार प्राप्त गरेका थिए ।
बादलुको घुम्टो, मन रोएको, अब चोटहरुले निष्ठुरीले छोडेर गईहालि, तिमिलाई सम्झिदा आर्शिबाद, मन, वेद, धुन जस्ता सुमधुर गीतहरु आजका पुस्तासम्म पनि सर्वाधिक चर्चित र अनुकरणिय छन ।
उनले अल्लारे, आगो, मुस्कान, साथि, म तिम्रो जस्ता १०० भन्दा वढी चलचित्रमा आफ्नो स्वर दिईसकेका छन् । उनले २००० भन्दा बढी गीतहरु रेकर्ड गराई सकेका छन् ।
अमेरिका, युके, कोरिया, कतार, जापान, फ्रान्स लगायत युरोपका धेरै राष्ट्रहरुमा पुगि आफ्नो साङ्गितिक प्रस्तुति दिईसकेका गायक बराल गोरखा दक्षिण बाहु चौथो, नारायण गोपाल पुरस्कार, छिन्नलता पुरस्कार जस्ता प्रतिस्ठित पुरस्कारहरुबाट पुरस्कृत भईसकेका छन् ।
लायन्स क्लब इन्टरनेशनल समुदाय र मानवीय सेवामा विश्वव्यापी नेतृत्व लिने संस्था हो । विश्वभरका भौगोलिक क्षेत्रहरू मध्ये लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आई अन्तरगत काठमाडौँ निर्माण गरिएको हो । जसमा शैक्षिक परामर्श, उद्योग, व्यवसाय, पत्रकारिता, राष्ट्रसेवक तथा सामाजिक क्षेत्रमा क्रियाशिल महिलाद्वारा यो क्लब स्थापना गरिएको हो
Copyright © 2024 Bikash Media Pvt. Ltd.