२०८० कार्तिक ६ गते ११:४३ विकासन्युज
एजेन्सी । मालदिभ्सका नवनिर्वाचित राष्ट्रपति मुहम्मद मुइज्जुले मालदिभ्सबाट भारतीय सेना हट्नुपर्ने बताएका छन् । बिबिसीसँग कुरा गर्दै नवनिर्वाचित राष्ट्रपति मुइज्जुले ढिलो नगरी भारतीय सेना मालदिभ्सबाट हट्नुपर्ने बताएका हुन् ।
नवनिर्वाचित राष्ट्रपति मुइज्जुले आगामी नोभेम्बरमा आफ्नो पदभार सम्हाल्दैछन् । लामो समयदेखि भारतको प्रभावमा रहेको मालदिभ्सका नवनिर्वाचित राष्ट्रपतिको भनाइले दुई देशका बीचमा तनाव उत्पन्न गर्न सक्ने अनुमान गरिएको छ ।
मुइज्जुले चुनावमा विजय हासिल गर्दा नै भारतका लागि झट्का लागेको विश्लेषकहरुले बताएका थिए । मुइज्जुलाई समर्थन गर्ने गठबन्धनले ‘इन्डिया फस्र्ट’को नीति मालदिभ्सको सुरक्षा तथा सम्प्रभुताको लागि खतरा भएको बताएको थियो ।
मालदिभ्स हिन्द महासागरको ठूलो क्षेत्र निगरानीका लागि रणनीतिक महत्वपूर्ण देशको रुपमा लिइन्छ । मालदिभ्समा आफ्नो राणनीतिक एवं गहिरो सम्बन्ध विस्तार गर्नका लागि भारत र चीनको प्रतिस्पर्धा भइरहेको छ । बीबीसीबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.