हेराल्ड कलेज काठमाडौंबाट ३३४ विद्यार्थी दीक्षित

  २०८० कार्तिक २० गते १७:१३     विकासन्युज

काठमाडौं । हेराल्ड कलेज काठमाडौंको वार्षिक दीक्षान्त समारोह सम्पन्न भएको छ । सोमबार काठमाडौं होटेल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमका बीच उक्त समारोह सम्पन्न भएको हो ।

समारोहबाट ३३४ भन्दा बढी विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरीएको थियो । त्यसमध्य २७२ स्नातकहरू समग्रमा बिएससी (अनर्स) कम्प्युटर साइन्स र ६२ जना विद्यार्थी बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका रहेका छन् ।

हेराल्ड कलेज काठमाडौंको कम्प्युटर साइन्स कार्यक्रमबाट उच्च सम्मानका साथ स्नातक गरेकी एक उत्कृष्ट स्नातक अभिनव प्रसाई प्रतिष्ठित स्नातकोत्तर ‘इनोभेट नेपाल गु्रप छात्रवृत्ति’ प्रदान गरी समारोहलाई प्रकाश पारिएको थियो । यस छात्रवृत्तिले प्रसाईलाई आईएनजी कलेजहरू मध्ये एकमा थप उच्च शिक्षा लिन मिल्नेछ ।

आफ्नो मुख्य मन्तव्यमा इनोभेट नेपाल गु्रपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीलेयहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट ब्यापारिक प्रतिष्ठानमाहरुमा रोजगार पाइरहेको बताए । उनले वेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरु सुचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राख्नुभयो । अध्यक्ष बुढाथाकीले नेपालमा वेलायती शिक्षाले गर्दा विद्यार्थीमा स्वअध्ययन बढेको धारणा समेत व्यक्त गरे ।

दीक्षान्त समारोह सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ । २०२३मा उत्तीर्ण भएका सबै स्नातकहरूलाई हेराल्ड कलेज काठमाडौंले हार्दिक बधाई ज्ञापन गर्दछ र उनीहरुको आगामी कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.