२०८० कार्तिक २४ गते ११:३३ विकासन्युज
काठमाडौं । काठमाडौं महानगरपालिकाले कर्मचारीको माग गरेको छ । महानगरपालिकाले करारमा ३२ जना कर्मचारीको माग गरेको हो ।
महानगरले शुक्रबार एक सूचना जारी गर्दै फुड टेक्नोलोजिस्ट,माइक्रो बायोलोजिस्ट र मेडिकल अधिकृत पदका लागि कर्मचारीको माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत मंसिर २३ गतेसम्म आवेदन दिन सकिने महानगरले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.