तिहारको अवसरमा लक्ष्मी सनराइजले ल्यायो ‘लक्ष्मी सनराइज उत्सव’

  २०८० कार्तिक २६ गते १३:४७     विकासन्युज

काठमाडौं । नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ । नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाइ अझ व्यापक बनाउन लक्ष्मी सनराइज बैंकले यो क्याम्पेन सार्वजनिक गरेको हो ।

अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पुर्याउने बैंकको लक्ष्य रहेको छ । यस अभियान अन्तर्गत बैंकले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरुले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियो मार्फत उजागर गर्न आग्रह गरेको छ ।

यसरी भिडियो बनाएर सामाजिक संजालमा राख्नु हुने सहभागीहरुमध्ये उत्कृष्ट तिन (३) भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ । सहभागीहरुले भिडियो पोस्ट गर्दा बैंकलाई ट्याग गरी ह्यास्ट्याग लक्ष्मीसनराइजउत्सव पनि प्रयोग गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.