२०८० मंसिर १ गते १७:१६ विकासन्युज
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी शाओमीले आफ्नो पहिलो विद्युतीय कार एसयू७ सार्वजनिक गरेको छ । कम्पनीले चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा फाइलिङ गर्दै कारको विवरण सार्वजनिक गरेको हो ।
यो अल-इलेक्ट्रिक सेडान बेइजिङ अटोमोटिभ इन्डस्ट्री होल्डिङ कम्पनी लिमिटेड (बिएआइसी)मा निर्मित हुनेछ । कारलाई मोबाइलमा प्रयोग भएको ‘मी’को रूपमा ब्रान्ड गरिनेछ। विश्व बजारमा यो कारले बिएमडब्लु र टेस्ला कम्पनीबाट उत्पादित उत्कृष्ट विद्युतीय कारहरुसँग प्रतिस्पर्धा गर्नेछ।
शाओमी एसयुभी७ को क्षमता ब्याट्री
शाओमी एसयुभी७ दुई पावरट्रेन विकल्पहरूसहित निर्माण गरिने कम्पनीले जनाएको छ । यसले २२० किलोवाटको मोटरसहितको रियर-ह्वील-ड्राइभ संस्करण प्राप्त गर्नेछ। कम्पनीको दाबी छ कि यसको अधिकतम पावर २९५ एचपी हुनेछ र २१० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा दौडने क्षमता राख्छ ।
कारमा दोस्रो शीर्ष भेरियन्ट पनि हुनेछ, जसमा ४९५ किलोवाट डुअल-मोटर सेटअप अल(ह्वील ड्राइभ विकल्प हुनेछ। यसको अधिकतम पावर ६६४ एचपी हुनेछ र टप स्पीड २६५ प्रतिघण्टा हुनेछ।
एसयुभी७ सँग दुईवटा ब्याट्री प्याकको विकल्प उपलब्ध हुनेछ। यसले बिवाइडीबाट एन्ट्री-लेभल भेरियन्टको लागि लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री र शीर्ष भेरियन्टमा ठूलो सिएटिएल ब्याट्री प्याक पाउनेछ। तर, कम्पनीले ब्याट्रीको क्षमता र दायरा भने खुलाएको छैन ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.