कुमारी बैंकको सीईओ बने रामचन्द्र खनाल

  २०८० मंसिर १ गते १९:०८     विकासन्युज

काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रूपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । बैंकका सीईओ रमेशराज अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले उनलाई सीईओको जिम्मेवारी दिईएको हो ।

सीईओ अर्यालले एक साताअघि दिएको राजीनामा शुक्रबार स्वीकृत गर्दै सीईओमा खनाललाई नियुक्त गरेको बैंकका सञ्चालक इमानसिंह लामाले बताए ।

उनी यसअघि पनि कुमारी बैंकको सीईओ थिए । तर, साविकको एनसीसी बैंकसँग मर्जर भएपछि अर्याल सीईओ र खनाल डीसीईओ बनेका थिए ।

खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग करिब २ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनले एनआईसी एसिया र  सिद्धार्थ बैंकमा पनि काम गरेका थिए ।

नवनियुक्त सीईओ खनालले यसअघि पनि कुमारी बैंकमा  तीन महिना कामु सीईओ र ९ महिना सीईओ भएर काम गरिसकेका छन् ।

‘मैले यसअघि पनि बैंकको नतृत्व गरिसकेको छु, त्यतिबेला तरलताको समस्या हुँदा पनि बैंकलाई सहज किसिमले अगाडि बढाइयो, अब खराब कर्जा घटाउँदै लग्ने तथ एसेट म्यानेजमेन्ट गर्दै जानु पर्ने चुनौती छ, त्यसका लागि म मेहनत गर्छु,’ उनले विकासन्युजसँग भने,’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.