२०८० मंसिर १७ गते १७:०९ विकासन्युज
काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि मागेको दरखास्त आह्वानमा १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिष्ट)मा परेको छ । मंसिर ५ गते सातदिने सुचना निकाल्दै आयोगमा रिक्त रहेका चार वटा निर्देशक पदका लागि दरखास्त आह्वान गरेको थियो ।
२० जनाले दिएको आवेदनबाट वागलुङको पैयुथन्थाप ४ का डाक्टर कृष्ण शर्मा, मोरङ ५ दुलारीका प्राध्यापक डाक्टर गुरुप्रसाद खनाल, रुपन्देही ५ करहियामा प्राध्यापक डाक्टर दिनेश कुमार लम्साल, दर्चुलाको व्यास ५ का भिमसिंह तिकंरी, ललितिपुर ५ ललितपुरका प्राध्यापक डाक्टर बन्दना गुरुङ शर्माको नाम सर्टलिष्टमा परेको छ ।
यसैगरी, चितवन गीतानगर ५ का विजयचन्द्र आचार्य, ललितपुर पुल्चोकका प्राध्यापक डाक्टर सरला श्रेष्ठ, गोरखाको गोरखकाली ३ का प्राध्यापक डाक्टर सुजनबाबु मरहट्ठा, भक्तपुर ५ लोकन्थलीका प्राध्यापक डाक्टर सुदिप आचार्य, काठमाडौं १७ का प्राध्यापक डाक्टर सुरज बज्रचार्य, कास्की, ३२ पोखराका प्राध्यापक डाक्टर स्वयं प्रकाश पण्डित, र पाल्पा ३ चापपानीका हरी प्रसाद बस्याल छनोटमा परेका छन् ।
सर्टलिष्ट परेकाहरुको भोलि सोमबार अन्तर्वार्ता लिइने आयोगले जनाएको छ । अन्तर्वार्तामा उत्कृष्ट नम्बर ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने आयोगले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.