२०८० मंसिर २४ गते ९:४९ विकासन्युज
काठमाडौं । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध औपचारिक रुपमा लागू भएको अधिकारीहरुले बताएका छन् ।
बिहीबार साँझ विदेश व्यापार महानिर्देशनालयद्वारा जारी गरिएको सूचनाअनुसार प्याजको निकासी नीतिलाई मार्च ३१, २०२४ सम्म प्रतिबन्ध लगाएको हो । आन्तरिक उपलब्धता बढाउन र स्थानीय मूल्यलाई नियन्त्रणमा राख्न यस्तो कदम चालिएको अधिकारीहरुले बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.