२०८० मंसिर २७ गते ११:३० विकासन्युज
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोह पुस २ गते दशरथ रङ्गशालामा हुने भएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ ।
सो समारोहमा विश्वविद्यालयबाट विभिन्न तह एवं विषयका उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई पदक एवं पुरस्कार प्राप्त गर्न लागिएको हो । त्रिविले यो पटक हरेक वर्ष प्रदान गर्दै आएको कुलपति पदक भने वितरण नगर्ने जनाएको छ।
नामावलीमा उल्लेख भएका विद्यार्थीहरू बाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कारहरू प्राप्त गर्नुपर्ने आधार भए मङ्सिर २९ गतेभित्र स–प्रमाण परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ ।
जसअन्तर्गत गत २०७८ सालको एम फिल तहमा १ जना २०७६ सालको स्नातोकोत्तर तर्फ १ जना र २०७७ सालको स्नातोकोत्तर तहमा ४ जना र २०७८ सालको स्नातकतहमा १ जनाले स्वर्ण पदक पाउने भएका छन् भने बाँकीले विभिन्न विद्याको पुरस्कार पाउने भएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.