हिमालयन ह्वाइट हाउस कलेज र चाइनिज एकेडेमी अफ साइन्सेसले सहकार्य गर्ने

  २०८० मंसिर २७ गते १८:३१     विकासन्युज

काठमाडौं । काठमाडौंको पुतलीसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र चाइनिज एकेडेमी अफ साइन्सेसबीच  सम्झौता भएको छ । हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज र चाइनीज एकेडेमी अफ साइन्सेज (सीइएस)बीच सम्पदा, शैक्षिक र पर्यटनका विषयमा सम्झौता भएको हो ।

चाइनिज एकेडेमीअफ साइन्सेसका प्रोफेसर र रिसर्चरहरुको एक टोली नेपालमा भएका सम्पदा, शैक्षिक अवस्थाबारे जानकारी लिइ सहकार्य गर्ने उद्देश्यले नेपाल आएको र सोही क्रममा निजी क्षेत्रको अब्बल शैक्षिक संस्थासँग महत्वपूर्ण सम्झौता गरेको जनाइएको छ ।

सम्झौताअनुसार विशेषगरी बीएचएम र बायोटेक्नोलोजीका विद्यार्थीलाई चाइनीज युनिभर्सिटीमा कसरी एकिकृत गर्न सकिन्छ भन्ने विषयमा सहकार्य गर्नेछन् । कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले आफू शैक्षिक र पर्यटनका हिसावले टोलीसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।

‘चीन शिक्षाको हिसावले मात्र नभइ सबै क्षेत्रमा विकसित र शक्तीशाली राष्ट्र हो, तपाईहरुसँग सहकार्य गर्न पाउँदा खुसी भएका छौं’, कलेजका प्रिन्सिपल पौडेलले भने ।

कार्यक्रममा जेराफिक विज्ञान र प्राकृतिक स्रोत अनुसन्धान संस्थानका प्राध्यापक, रिसर्चर झाओपिङयाङले नेपाल पर्यटकीय हिसावले सुन्दर रहेको बताइन् । उनले भनिन्, ‘देश सुन्दर छ भन्ने थाहा थियो, आएर हेर्दा राम्रो लाग्यो अब हामीले नेपालको शिक्षा र सम्पदालाई जोडेर काम गर्नुपर्छ, यसले दुवै देशको लागि फाइदा हुन्छ ।’

सम्झौतामा कलेजमा होटेलम्यानेजमेन्ट पढिरहेका विद्यार्थीलाई प्रशिक्षणका लागि चीन लैजाने र केही विद्यार्थीलाई स्कलरसिपमा अध्ययन गर्न लाने र कलेजलाई आवश्यक पर्ने प्रविधि हस्तान्त्रण गरिने उल्लेख छ । यस्तै कलेजले पनि नेपालमा रहेको सम्पदा र शैक्षिक अवस्थाबारे अध्ययन गर्न समन्वय गर्ने जनाएको छ । चिनियाँ टोलीले कलेजका प्रिन्सपललाई भ्रमणको लागि समेत औपचारिक निमन्त्रणा गरेका छन् ।

कलेजका प्रिन्सिपल पौडेलले सम्झौताले कलेजलाई मात्र नभइ समग्र देशको लागि फाइदा हुने बताए । उनले भने, ‘चीन हामी भन्दा शक्तिशाली राष्ट्र हो । त्यहाँ शिक्षण पेशामा प्रयोग हुने प्रविधि धेरै छन्, त्यहाँबाट अलिकति पनि हामीलाई पाउन सक्यौँ भने, हाम्रा विद्यार्थीलाई धेरै फाइदा हुन्छ ।’

उनले थपे ‘हामीबीच क्वालीटि, एक्सचेन्ज, स्टुडेन्ट एक्सचेन्ज गर्ने विषमा पनि सम्झौता भएको छ ।’ सिभिल इन्जिनियरिङमा चीनमा बनेका सामानहरु नेपाल पठाउने पूर्वाञ्चल विश्वविद्यालयलाई पनि सहयोग गर्ने विषयमा पनि द्वीपक्षीय छलफल भएको छ ।

कोभीड पछि चीनबाट नेपाल आउने र नेपालबाट चीन जानेहरुको संख्या पातलिदा अब कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे टोलीले नेपालको पर्यटन मन्त्रालय र शिक्षा मन्त्रालयमा समेत छलफल गर्ने भएको छ । नेपालको सम्पदा शिक्षा र होटेल म्यानेजमेन्ट लगायतका क्षेत्रमा उनीहरूले भ्रमण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.