५ महिनामा साढे ६ खर्बको आयात, निर्यात ६३ अर्बमा सीमित

  २०८० पुष ८ गते १५:२१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा आयात निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको मंसिरसम्मको तथ्याङ्क अनुसार आयात निर्यात दुवै घटेको हो ।

चालु आर्थिक वर्ष २०८०/८१को मंसिरसम्म ३.३९ प्रतिशत घटेर कुल ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँ बराबरको आयात भएको छ । जबकी गत वर्षको सोही अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको आयात भएको थियो ।

गत मंसिरसम्म ६.०९ प्रतिशत घटेर ६३ अर्ब २० लाख ७४ हजार रुपैयाँ निर्यात भएको छ । जबकी गत वर्षको मंसिरसम्म ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो ।

समीक्षा अवधिमा नेपालको कुल ब्यापार घाटा ३.०९ प्रतिशत घटेर ५ खर्ब ७९ अर्ब १५ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँको ब्यापार घाटा थियो ।

मंसिरसम्मको तथ्याङ्क अनुसार कुल वैदेशिक ब्यापार ३.६४ प्रतिशत घटेर ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख रुपैयाँको भएको छ । गत वर्षको सोही अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख रुपैयाँको वैदेशिक ब्यापार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.