२०८० पुष १९ गते १०:०६ विकासन्युज
काठमाडौं । कोरियामा पानीजहाज निर्माण (सिप बिल्डिङ) कामका लागि भाषा परीक्षा दिएर बसेका परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा परीक्षा फाराम भर्न तोकिएको समयमा दुई दिन थप भएको छ । वैदेशिक रोजगार विभाग महानिर्देशकस्तरको निर्णयले दुई दिन आवेदनको लागि म्याद थप गर्ने निर्णय गरेको हो ।
यसअघि पुस १३ को निर्णय अनुसार पुस १६ देखि १८ सम्म फाराम भर्न पाउने गरी समय तोकिएकामा दुई दिन थप गरी पुस २० गनेसम्म फारम भर्न पाइने रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले जनाएको छ ।
गत शुक्रबार बालकुमारीमा भएको अप्रिय घटनामा परी दुई जनाको मानवीय क्षति भएको, मृतकको दाहसंस्कार हुन नसकेको र मृतकको अन्तिम संस्कारमा सिप बिल्डिङमा फाराम भरेका परीक्षार्थीसमेत सहभागी हुन सक्ने देखिएको भन्दै समय थप गर्ने निर्णय भएको शाखाले जनाएको छ ।
अर्कोतर्फ फाराम भर्न सुरु भएको पहिलो दिन सिस्टममा प्राविधिक कारणले केही समय अवरोध आएका कारण समेतका मानवीय संवेदनालाई ध्यानमा राखी समय थप्ने निर्णय भएको शाखाले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.