२०८० पुष २६ गते १७:५३ विकासन्युज
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा नेपालीले विदेशमा पढ्न भन्दै ४७ अर्ब ३५ करोड रुपैयाँ लगेका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालीहरुले अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर रकम शिक्षाको नाममा बाहिर लगेका हुन् ।
अघिल्लो वर्षको सोही अवधिमा नेपालीहरुले विदेशमा अध्ययन गर्नको लागि भन्दै २८ अर्ब ८१ करोड रुपैयाँ बाहिर लगेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.