एनसीएचएलबाट एकैदिन ८४ अर्ब बढीको कारोबार, एक अर्ब राजश्व संकलन

  २०८० माघ २ गते १४:५५     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीहरु मार्फत् पुस मसान्तको अन्तिम दिनमा ८४ अर्बभन्दा बढिको भुक्तानी कारोबार फछ्र्यौट गरेको छ । गत वर्षको सोहि दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार संख्याको आधारमा ६० प्रतिशत र रकमको आधारमा ७० प्रतिशतले वृद्धि भएको हो ।

एनसीएचएलका प्रणालीहरुमध्ये एनसीएचएल ईसीसी, एचसीएचएल आईपीएस र आरपीएस मार्फत् क्रमश ४१ अर्ब, १४ अर्ब र २९ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार उक्त एक दिनमा फछ्र्यौट भएको हो ।

विद्युतीय भुक्तानीको स्वीकार्यता सँगै आरपीएस् अन्तर्गत कनेक्टआईपीएस (वेब, एप तथा गेटवे), कर्पोरेट पे बैंक शाखाहरु, मोबाइल बैंकिङ्ग, वालेट तथा एनपीआईसँग जोडिएका विभिन्न च्यानलहरु मार्फत् रियल टाइम भुक्तानीको संख्यामा अधिकतम वृद्धि भएको देखिन्छ । त्यस्तै पुस मसान्तको अन्तिम दिनमा एनसीएचएल आईपीएस र आरपीएस आरपीएसमार्फत् एक अर्ब ६ करोड रुपैयाँ बराबरको राजस्व संकलन तथा ६ अर्ब ८ करोड रुपैयाँ बराबरको सरकारी खर्च सम्बन्धी १ लाख २५ हजारभन्दा बढि भुक्तानी कारोबारहरु भएका छन् ।

सरकारी भुक्तानी सम्बन्धी कारोबारहरु कनेक्ट आईपीएस, कर्पोरेटपे, नेपालपे क्यूआर गेटवे, बैंक शाखाहरु, मोबाइल बैंकिङ्ग तथा वालेट मार्फत गर्न सकिने व्यवस्था रहेको छ ।

नेपाल सरकार र राष्ट्र बैंकले लिएको नीतिगत पहलहरुले नेपालको विद्युतीय भुक्तानीमा उल्लेख्य परिवर्तन आएको देखिन्छ । एनसीएचएलका भुक्तानी प्रणालीहरुमा डाइरेक्ट सदस्यका रुपमा ५३ बैंक/वित्तीय संस्थाहरु तथा इन्डाइरेक्ट/टेक्निकल सदस्यका रुपमा १०० भन्दा बढी गैर-बैंकिङ्ग संस्थाहरु आबद्ध भई प्रयोग गर्दै आएका छन् । सदस्य बैंक/वित्तीय संस्थाले आफ्ना ७ हजारभन्दा बढी शाखाहरु तथा मोबाइल बैंकिङ्ग प्लेट्फर्म मार्फत् आफ्ना दुई करोडभन्दा बढी ग्राहकहरुलाई यी सेवाहरु प्रदान गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.