भुक्तानी बाँकी रहेको रकम दाबी गर्न नेपाल टेलिकमको आग्रह

  २०८० माघ ११ गते ८:०१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले लामो समयदेखि भुक्तानी नगरेका विभिन्न कम्पनीलाई रकम दाबी गर्न आग्रह गरेको छ । ५ वर्षअघि भुक्तानी नगरेका कम्पनीलाई भुक्तानी गरिने टेलिकमले जनाएको छ ।

कम्पनीका अनुसार मल्टी एसवाइएस पीटीई, वाइसीओ, पाथवे टेक्नोलोजी एण्ठ सर्भिसेज, टेक वान ग्लोबल नेपाल र एशिया इन्फो लिंकेज टेक्नोलोजी कम्पनीलाई रकम दाबीका लागि आग्रह गरेको हो ।

टेलिकमको सूचना प्रणाली सहयोगी निर्देशनालय जावलाखेलसँग हाल कारोबार नरहेका एवं विगत लामो अवधि (५ वर्षभन्दा अघि)देखि भुक्तानी हुन बाँकी हिसाबमा देखिएका रकमहरू फरफारक गर्नुपर्ने छ ।

त्यसैले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो लिनुपर्ने रकम स–प्रमाणसहित दाबी पेस गर्न कम्पनीले आग्रह गरेको छ । साथै, भुक्तानी बाँकी रहेको प्रमाणसहित आर्थिक वर्ष २०७९/८० को कर चुक्ता प्रमाणपत्र रकम भुक्तानीको लागि निवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।

तोकिएको अवधिमा रकम दाबी नभएमा भुक्तानी बाँकीमा रहेका रकमहरू यस निर्देशनालयको खातामा आम्दानी बाँधिने र उक्त रकम भविष्यमा भुक्तानी गर्न नसकिने कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.