सिद्धार्थ बैंकका संस्थापक गोयल र चुके आफ्नो स्वामित्वको सेयर बेच्दै

  २०८० माघ २२ गते ८:१२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरूको साढे २ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकका अनुसार संस्थापक सेयरधनी निखिल गोयलको नाममा रहेको १ लाख ९७ हजार ४३९ कित्ता र पवित्र लाल चुकेको ४३ हजार १८६ कित्ता सेयर गरी कूल २ लाख ४० हजार ६२५ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको मूल्य तोकिएको छैन ।

बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । यदि उक्त समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.