त्रिविको वेबसाइट ‘ह्याक’ बारे छानबिन गर्न तीन सदस्यीय समिति गठन

  २०८० माघ २२ गते १७:४२     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ‘ह्याक’ भएको विषयमा अध्ययन गर्न छानबिन समिति गठन भएको छ । गत शुक्रबार नै इन्जिनियरिङ अध्ययन संस्थान (आईओएम) का डिन प्रा.डा. शशीधर राम जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।

त्रिविका निमित्त रजिष्ट्रार कृष्णप्रसाद बस्यालका अनुसार उक्त संगठित समितिलाई १५ दिनको समय दिइएको छ । यससँगै उक्त समितिले वेबसाइट ह्याक हुनुको कारण, ह्याक हुन नदिने उपाय र चुनौतीको विषयमा सुझावसहित प्रतिवेदन पेश गर्ने उनले जानकारी गराए ।

त्रिुभवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीका प्रमाणपत्रहरु अनलाइनबाटै दिने निर्णय गरी गत माघ १५ गतेबाट सेवा सुरु गरेको थियो । तर सेवा सुरु पहिलो दिनमै वेबसाइट ह्याक भएको थियो । जुन हालसम्म सञ्चालन हुन सकेको छैन ।

‘यस विषयमा ह्याकर’ रोहित रोकायाले वेबसाइटमा ‘बग’ भेटिएकोले सचेत गराउनका लागि तथ्यांकलाई असर नगरी ‘ह्याक’ गरेको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.