टेक्सास साइन्स एण्ड आइटी एक्सपो २०८० सुरु

  २०८० माघ २४ गते १०:५७     विकासन्युज

काठमाडौं । चाबहिलमा रहेको टेक्सास कलेजले ‘टेक्सास साइन्स एण्ड आइटी एक्सपो २०८०’ सुरु गरेको छ ।

एक्स्पोमा कलेजमा अध्ययनरत विद्यार्थीले आफुले अध्ययन गरेको विषयमा प्रदर्शनी गरेका छन् । कलेजमा विज्ञान, आइटी तथा रोबोटिक्स अध्ययन गरेका विद्यार्थीले ६० भन्दा बढी स्टलहरू राखेर आफुले बनाएका सामाग्री प्रदर्शन गरेका छन् ।

वर्षभरी कक्षा कोठामा अध्ययन गरेको विषयलाई प्रयोगात्मक तरिकाले प्रदर्शनी गर्दा थप सिकाई हुने विद्यार्थीहरू बताउँछन् । कलेजमा हुने यस्ता कार्यक्रमले विद्यार्थीले गुणस्तरिय शिक्षा पाउने कलेजका शिक्षकहरूले विश्वास गरेका छन् । सोमबारदेखि सुरुभएको कार्यक्रम बुधबारसम्म जारी रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.