२०८० माघ २९ गते १५:५९ विकासन्युज
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ३३ अकंले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ मा पुगेको हाे ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २४ अकंले उकालो लागेर तीन सय ७५ दशमलव ९९ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको सेयर मूल्यमा उकालो लागेको छ भने एक उपसमूहको सेयर मूल्य ओरालो लागेको छ ।
कूल एक करोड एक लाख आठ हजार एक सय २२ कित्ता सेयर तीन अर्ब ५८ करोड रूपैयाँ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको २३ करोड दुई लाख ३५ हजार चार सय ४९ रुपैयाँ बराबरको कारोबार भयो ।
यस्तै एनआरएन इन्फास्टकचर १६ करोड ३० लाख २५ हजार एक सय ७६ रुपैयाँ, एनआइसी एशिया बैंक १३ करोड ७७ लाख ४७ हजार तीन सय ९८ रुपैयाँ, नेपाल इन्स्योरेन्स ११ करोड ३७ लाख तीन हजार दुई सय ९४ रुपैयाँ र सोनापुर मिनरल्स १० करोड २७ लाख ११ हजार सात सय २८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुर्थली बुखरी स्मल हाइड्रोपावर, चिर्खवा हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बलेफी हाइड्रोपावरका लगानीकर्ताले भने नौ दशमलव ९८ प्रतिशतले कमाएका छन् ।
यस्तै एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो आठ दशमलव ८९, इमर्जिङ नेपाल तीन दशमलव ८६, मिड सिन्धु हाइड्रोपावर तीन दशमलव १८, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम तेस्रो दुई दशमलव ७९ र एसबीएल डिवेञ्चरका लगानीकर्ताले दुई दशमलव शून्य सात प्रतिशतले गुमाएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.