२०८० फागुन ४ गते १९:२३ विकासन्युज
काठमाडौं । नेपाल विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले कुनैपनि जलविद्युत कम्पनीको सेयर खरिद नगरेको बताएका छन् । आफू इन्जिनियर भएकाले जलविद्युत कम्पनीका जोखिम धेरै हुने भएकाले कुनै पनि कम्पनीको सेयर खरिद नगरेको उनले बताएका हुन् ।
शुक्रबार स्वतन्त्र उर्जा व्यवसायीहरूको संस्था नेपाल (इप्पान)ले आयोजना गरेको ‘जलविद्युत, बीमा नीति र दृष्टिकोण’ कार्यक्रममा बोल्दै उनले भने, ‘म इन्जिनियर भएकोले हाइड्रोपावरमा कति समस्या छन् भन्ने थाहा छ, त्यसैले कुनै पनि हाइड्रोपावरको एउटा पनि सेयर किनेको छैन, एक/दुई जना त मरि नै सक्नु भएको छ, तनाव खेप्न नसकेर, मेरै अगाडि देखेको छु, तपाईंहरू लागिराख्नु भएको छ, लागि रहनुहोस् ।’
नेपालमा बीमाको बुझाइ कम रहेकाले थप सचेतना फैलाउनु पर्ने उनको भनाइ छ । आफूले व्यक्तिगत बीमा गरेको बताउँदै उनले जलविद्युत कम्पनीलाई पनि बीमा गर्न सुझाए ।
बीमा कम्पनीहरूले भुक्तानी नगरेको भनेर गलत प्रचार गरिएकाले यस विषयमा बीमा कम्पनीहरू स्पष्ट हुनु पर्ने उनको भनाइ छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.