२०८० फागुन १२ गते १२:१९ विकासन्युज
काठमाडौं । समाजमा गहनाको ठूलो महत्व हुन्छ । अझ नेपाली केही समुदायमा जन्मदेखि मृत्युसम्म गहनाको महत्व धेरै छ । गहना श्रृंगारमात्रै होइन संस्कार पनि हो । गहना पुरुष र महिलामा मात्रै फरक होइन उमेरसमूहका आधारमा पनि फरकफरक लगाइन्छ । पुरुष, स्त्री, बालबालिका, वृद्धवृद्धाले लगाउने आफ्नै किसिमका गहना हुन्छन् ।
विभिन्न उमेरकाले लगाउने गहना फरक–फरक भएजस्तै शिरदेखि पाउसम्म पनि फरक-फरक प्रकारका गहना लगाइन्छ । तर, अहिले आधुनिकीकरणसँगै बिस्तारै नेपाली समुदायमा जातजाति विशेष गहनाहरू लोप हुँदै गइरहेका छन् । आधुनिकतासँगै पौराणिक गहनाहरू लोपमात्रै होइन, केही गहनाको मान्यता बिर्सेर दुरुपयोग नै भइरहेको छ ।
महिलाले लगाउने बुलाकी, मारावाडी, पाते सुन, बाला, ढुंग्री, चाँदजस्ता पुराना एवं परम्परागत तरिकाले बनाइएका गरगहना लोप हुँदै जान थालेका छन् । जिल्लाका शहरी क्षेत्रमा बस्ने महिलाले मात्र नभइ अधिकांस ग्रामिण भेगका महिलाले पुराना गहना लगाउन छोडेका छन् । महिलाले पनि यस्ता गहना छोडेर ब्रासलेट, नेकलेसजस्ता आधुनिक डिजाइनका गहना लगाउन थालेसँगै पुराना गहना लोप हुँदै गएका छन्।
माङ्गलिक र सांस्कृतिक कार्यहरूमा पौराणिक कालदेखि लगाइँदै आएका गहनाहरूप्रतिको अभिरुचीमा कमी हुन थालेसँगै गहना बिस्तारै लोप हुँदैछन् । वाह्य संस्कृतिको प्रवेश र सञ्चारका नयाँ प्रविधिमा विदेशी गहनाका आकर्षक विज्ञापनले परम्परादेखि लगाउँदै आएका गहना लगाउने चाहनामा कमी आई आयातित संस्कृतिले प्रवेश पाएको छ । जसले नेपाली समुदायका गरगहना लोपोन्मुख प्रायः छन् ।
पहिला आम जीवनमा प्रयोग हुँदै आउने गरगहनाहरू अहिले चाडपर्व विशेष अवसरमा मात्रै प्रयोग हुने गरेको छ । लोप हुँदै गएका गहना विशेष तस्बिरहरू ।
न्युज एजेन्सी
Copyright © 2024 Bikash Media Pvt. Ltd.